माधवनारायणका व्रतालुहरू शेषानारायण पुगे

काठमाडौं, ७ माघ । पुस शुक्ल पूर्णिमादेखि एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालुहरु तीर्थ यात्रा गर्दै फर्पिङस्थित शेषानारायणमा पुगेका छन् ।

ब्रतालुहरुले आज बिहान माघ कृष्ण औंसीको दिन पारेर तीर्थ यात्रा गर्दै पशुपतिनाथको दर्शन गरी सानो गौचरण गएर दिउँसोको भोजन गरी फर्पिङका लागि प्रस्थान गरेका थिए ।

भाेली आइतबार व्रतालुहरू शालिनदीनै फर्किने कार्यक्रम रहेकाे छ ।

माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने गर्छन् ।