सुन तोलामा ३ सयले बढ्याे, सुनसंगै चाँदीपनि बढ्याे
काठमाडौं, ९ माघ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ भने चाँदीकाे पनि बढेकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम गरिएको छ। आइतबार प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य तीन सय रुपैयाँ बढेर तोलाको एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
साताको कारोबारको दोस्रो दिन आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।