अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगिन्

काठमाडौं, १५ माघ । अमेरिकाको विदेश मन्त्रालयकाे राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नुल्यान्ड दुई दिन नेपाल भ्रमणमा रहने कार्यतालिका रहेको जनाएको छ ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् ।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।