भ्रष्टाचारमा नेपाल ११० औं स्थानमा, सबैभन्दा कम डेनमार्क
काठमाडौं, १७ माघ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ ।
सूचकाङ्कमा नेपाल भ्रष्टाचार गरिने मुलुकमा ११० औं स्थानमा परेकाे छ भने सबैभन्दा कममा डेनमार्क परेकाे छ ।
सूचकाङ्कमा डेनमार्कले सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ
भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको हाे ।
टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औं स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २८ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।