मस्तिष्क पक्षाघात तथा अपाङ्गता विषयक जागरण गीत सार्वजनिक
काठमाडौं, १७ माघ । मस्तिष्क तथा अपाङ्गता भएका ब्यक्तिहरुको उत्थानको लागि जनचेतना जगाउने उद्देश्यले “आउ साथी एउटा खुसीको दियो बालौं” बोलको जागरण गीत सार्वजनिक भएको छ । स्टुडियो साउण्ड मिलले गीतकार तथा समाजसेवी नरेश प्रधानको सहकार्यमा उक्त गीत तयार गरेको हो ।
चर्चित गायकहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, अस्मिता अधिकारी, पुष्पन प्रधान लगायतको स्वर रहेको सो गीतका रचनाकार नरेश प्रधान रसंगीतकार शक्ति बल्लभ रहेको छ ।
म्युजिक भिडियोसहित तयार गरिएको उक्त गीत मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह, नेपाल धापाखेलले गीति मेला आयोजना गरी मस्तिष्क पक्षाघात तथा अपाङ्गता भएका ब्यक्तिहरुले नृत्य मार्फत सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्क सहभागी हुनुभएको थियो ।
निर्माता स्टुडियो साउण्ड मिलका प्रबन्ध निर्देशक बुनु श्रेष्ठका अनुसार म्युजिक भिडियोको निर्देशन मोहन राई र नारायण खतिवडाले गर्नुभएको थियो ।