क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।
नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।
२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्लले कार्यवाहक सचिव को जिम्मेवारी पाएका थिए ।
मल्लले राजिनामा दिएपछि केन्द्रीय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।