श्री गणेश युवा क्लबद्वारा लगनमा स्वास्थ्य शिविर सम्पन्न

काठमाडाैं, २१ माघ । श्री गणेश युवा क्लबद्वारा लगनमा १ दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे छ ।

श्री गणेश युवा क्लबकाे आयोजना र लाइफ केयर फार्मेसीको सहकार्यमा गरिएकाे एकदिने स्वास्थ्य शिविरमा बिहान ८ बजेदेखि ११ बजेसम्म नब्बे जना सहभागीहरूले स्वास्थ्य जाँच गराएका थिए ।

क्लबका अध्यक्ष दीपेन्द्र शाक्यका अनुसार दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा चेक जाँच गरिएकाे
उक्त स्वास्थ्य शिविरमा क्लबका ६० वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य जाँच गरिएकाे थियाे भने ६० वर्ष भन्दा मुनिका नागरिकहरूलाई ५०% छुट दिएर स्वास्थ्य जाँच गरिएकाे थियाे ।

क्लबले सम्पूर्ण नागरिकहरूलाई सुगर जाँच निःशुल्क गरिएकाे थियाे भने आगामी दिनमा मुटु सम्बन्धीकाे जाँच निःशुल्क गर्ने जनाएकाे छ ।

क्लबले स्थापना कालदेखिनै विभिन्न सामाजिक कामहरू गर्दै आइरहेकाे छ ।