जुम्लामा आगलागीबाट जलेर एक बालिकाको मृत्यु
जुम्ला, २४ माघ । जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।
आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । आगाे नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।