डाक्टर कुटपिट गरेको विरोधमा आज देशैभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडाैं, २९ माघ । नेपाल चिकित्सक संघले आज देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेकाे छ ।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको हाे।

घटना प्रति नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ।

‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति हेर्नुहाेस…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *