एमाले अध्यक्ष ओलीद्वारा अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन उद्घाटन

काठमाडौं, २ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियुकाे २३औं राष्ट्रिय महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गर्नुभएकाे छ ।
अनेरास्ववियुले काठमाडौं स्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई प्रविधियुक्त बनाउनुका साथै नेतृत्वका लागि मतदान गर्न पनि विद्युतीय भोटिङ मेसिनकाे प्रयाेग गर्ने बताउनुभएकाे छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने जनाएकाे छ । उद्घाटन समारोहमा एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईलगायतका नेताहरू सहभागी हुनुभएका छन् ।