शिवरात्रि अघि नै आइपुगेका बाबाजीहरू (आठ तस्बिर)

काठमाडौं, ३ फागुन । यस वर्षको महाशिवरात्रि पर्व आउँदो शनिवार मनाइँदैछ । उक्त दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ । शिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न देशका विभिन्न जिल्लाबाट मात्र नभई भारतका विभिन्न ठाउँबाट पनि भक्तजनहरू आउने गर्दछन् ।

उक्त दिन सामान्य भक्तजन मात्र नभई विभिन्न साधुसन्तहरू पनि उतिकै ठूलो मात्रामा सहभागी भएका हुन्छन् । कतिपय साधुहरू शिवरात्रि शुरु हुनुभन्दा एक साता अगाडि नै पशुपति पुगिसकेका छन् । ती साधुहरूलाई पशुपति विकास कोषले खाने र बस्ने व्यवस्था गरिदिएको छ ।

शिवरात्रिका दिन पशुपतिमा देखिने यी साधुसन्तहरू र उनीहरुको क्रियाकलाप पनि उतिकै आकर्षणको विषय बन्दै आइरहेको पाइन्छ । खास गरी नागा बाबाहरू सबैको ध्यान तान्न सफल भएका हुन्छन् ।

पहिले पहिले पशुपति आउने यी बाबाजीहरूलाई पशुपति विकास कोषले गाँजा पनि उपलब्ध गराउँथे । अहिले कोषले गाँजा दिन बन्द गरे पनि बाबाजीहरू भने दिनभरि गाँजामै लट्ठ परेर बसिरहेका हुन्छन् ।

शिवरात्रि पर्वपछि विकास कोषले बाबाजीहरूलाई ससम्मान उपहार समेत दिई बिदाइ गर्ने व्यवस्था गर्दै आएको छ ।

पशुपति क्षेत्रमा अहिले नै देखिएका केही साधुहरूः (तस्बिरः मैत्री न्यूज)