‘मिसन ग्रासरुट’ अभियानका लागि शाक्य र रायमाझी विराटनगरमा, गौतमले सम्हाल्नुभयो ईञ्चार्जको कार्यभार

विराटनगर, ४ फागुन । नेकपा (एमाले) ले सञ्चालन गर्ने ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गरेपछि सुरुवात हुनेछ ।

एमालेले उक्त अभियानलाई अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटाएको छ । एमालेले प्रदेश १ मा अनुगमन र संयोजनका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझीसँगै स्थायी कमिटी सदस्यहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई जिम्मेवारी दिएको छ ।

प्रदेश १ का ईञ्चार्ज समेत रहनु भएको देवराज घिमिरे सभामुखमा निर्वाचित भएसँगै ईञ्चार्ज बिहीन बनेको प्रदेश १ ले केही दिन अघि मात्रै राजेन्द्र गौतम इञ्चार्ज पाएको छ । एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका गौतमले प्रदेश नम्बर १ को ईञ्र्जको कार्यभार आज सम्हाल्नु भएको छ । उहाँले आज विराटनगरस्थित पार्टी कार्यालयमा एमालेका नेताहरुको उपस्थितिमा कार्यभार सम्हाल्नु भएको हो ।

उहाँले इन्चार्जको जिम्मेवारी लिए लगत्तै शुक्रबारबाट प्रदेश १ मा ‘मिसन ग्रासरुट’ अभियान सुरु हुने कार्यक्रम छ । अभियानका लागि लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव टोपबहादुर रायमाझी बिहीबार नै विराटनगर आउनु भएको छ । शुक्रबारनै प्रदेश कमिटीको बैठक बस्दैछ ।