इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं, १३ मङ्सिर । नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका सापकोटालाई दबाब दिएर बयान गराउन खोजिएको र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् ।

उनले सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्न उठाएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

आङ्देम्बेले आरोपको निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । उनले राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र विधिको शासन कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *