राष्ट्रपति चुनावमा अन्तिम निर्णय लिने अधिकार प्रचण्डलाई

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । बैठकले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले यस्तो जानकारी दिनुभएको हो ।
‘पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाउने निर्णय भएको छ,’ महराले भन्नुभयो, ‘राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा हामी छौँ ।
‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ ।’ उहाँले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने माओवादीको स्वार्थ हो भन्दै सञ्चारकर्मीहरुलाई त्यो विषय कोसँग मिल्छ, हेर्दै जानुहोला भन्नुभयो ।