मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पस्दा स्थानीयमा त्रास

मोरङ, ९ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् ।

हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न सकेका छैनन् । चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

गए राति मिक्लाजुङ–६ मा १३ हात्ती एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्याएकाे स्थानीय बताउँछन् ।

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्याएको छ ।