राष्ट्रपति भण्डारी बागलुङमा

काठमाडाैं, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुग्नुभएको छ ।

बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी त्यहाँ पुग्नुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार पुग्नुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गर्नुभएकाे थियाे ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जनाएकाे छ ।