ओखलढुंगाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

ओखलढुंगा, १० फागुन । ओखलढुंगाबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।