चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

चितवन, २५ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी २० बर्षको भाले गैंडा मृत फेला परेको छ ।

निकुञ्ज कार्यालयका अनुसार निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत सेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा गैंडा मृत फेला परेको हाे ।

बुधबार बिहान गस्तीका क्रममा खाग र खुर सुरक्षित अवस्थामा रहेको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गैंडा आपसमा जुँधेर मरेको हुनसक्ने निकुञ्जको अनुमान छ ।