राष्ट्रपति चयन

सकियो मतदान, ४ बजेपछि मतगणना

काठमाडौं, २५ फागुन । नयाँ राष्ट्रपति चयनका लागि भएकाे मतदान सकिएको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो। मतगणना ४ बजेपछि हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।

मतदान केन्द्रमा सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला र रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक प्रतिनिधि छन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।