पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा आंशिकरूपमा बन्द हुने

काठमाडाैं, २६ फागुन । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ ।

यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक उक्त सडकखण्ड आंशिकरूपमा बन्द गर्न लागिएको हो ।

उक्त सडकखण्डमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेकाे बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उहाँले बताउनुभयो ।

उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।