राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिंदै, निजी निवास बूढानीलकण्ठ सर्ने

काठमाडौं, २८ फागुन । मुलुककाे वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ ।
गत फागुन २५ गते नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि भण्डारीले शीतलनिवास छाड्नुपर्नेछ ।
भण्डारी २९ गते बूढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् ।
त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी पुन: निर्वाचित भएकी हुन् ।