गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको ‘चट्ट मायालु’ सार्वजनिक

काठमाडौं, २८ फागुन । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ ।
रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमीकाको सौन्दर्यको बर्णन गरेका छन्, भने प्रेमीकाले प्रेमीको ह्याण्डसम भनेर प्रसंसा गरेकी छन् ।
निकै तामझाम सहित निर्माण भएको भिडियो निकै आकर्षक बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ, पुष्प बहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकि इटानीको अभिनय छ ।
थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेकी मोडल सकिको भिडियोको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ ।
भिडियोका निर्देशक शिव विक हुन् । रोशन भुसालको छायांकन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
भिडियो मोडल सकिको अफिसिय टुट्युव च्यानल सकि इटानी मार्फत सार्वजनिक भएको हो । सकि इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।