एक आंगिकसहित २१ क्याम्पसमा अनेरास्ववियु विजयी (सूचिसहित)

काठमाडौं, २९ फागुन । मुलुकभरी त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो । त्यसपछि निर्वाचन हुन सकिरहेको थिएन ।

त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५, मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव स्ववियु चुनाव हुँदैछ । त्रिविमा विसं २०७३ मा मात्रै मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । यो पटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन हुँदैछ ।

निर्वाचन अघि नै धेरै क्याम्पसहरुमा निर्विरोध सभापति निर्विरोध हुँदै आएका छन् । अनेरास्ववियुले अहिलेसम्म एक आंगिकसहित २१ वटा क्याम्पसमा विजयी हात पारेको अनेरास्ववियुका महासचिव नरेश रोकायले जानकारी दिनुभयो । विजयी भएका जिल्ला, क्याम्पस र सभापतिको नामावली सूचि यस्तो छ ।
१) धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी
२) सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी
३) ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम
४) कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की
५) गरुवा वहुमुखी क्याम्पस इलाम, गोपाल आचार्य
६) एकतप्पा बहुमुखी क्याम्पस इलाम, प्रतीक्षा खनाल
७) गरुवा बहुमुखी क्याम्पस,इलाम, गोपाल आचार्य
८) गरामनी क्याम्पस झापा, सन्तोष तिम्सिना
९) मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल
१०) तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी
११) सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम
१२) भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ
१३) गौमती बहुमुखी क्याम्पस सिन्धुली, नाम प्राप्त नभएको
१४) पिण्डेश्वर विद्यारपिठ, सुनसरी, एनिश रेग्मी
१५) माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी
१६ं) स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान, टेकराज के।सि
१७) सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली
१८) जालपादेवी क्याम्पस, धनकुटा, निर्मला कार्की
१९) हिले क्याम्पस, धनकुटा, विशाल तामाङ
२०) थर्पु क्याम्पस, पाँचथर,
२१) यासोक क्याम्पस, पाँचथर

Leave a Reply

Your email address will not be published. Required fields are marked *