मान्छे जस्तै राबोट तयार हुँदै

काठमाडौं, २९ फागुन । संसारकै सबैभन्दा ‘मानवीय’ राबोटलाई अन्तिम रूप दिन वैज्ञानिकहरू तम्सिएका छन् । ‘एमेका’ नाम दिइएको यो रोबोट अहिलेसम्मकै सबैभन्दा बढी मानवसँग नजिक रहेको रोबोट हो ।
मानिस जस्तै कुराकानी गर्ने र व्यवहार गर्ने उद्देश्यले यो रोबोट बनाइएको थियो । सन् २०२१ को फ्रेबुअरी महिनामा बेलायतमा यसको निर्माण शुरु भएको थियो । हालै गरिएको एउटा प्रदर्शनीमा यो राबोटले मानिससँग मानिसले जस्तै कुरा गरेको थियो ।
‘हेलो, एमेका ! हालखबर के छ ?’ भनेर सोध्यो भने उसले पनि ‘ठीकै छु, तपाइँलाई कस्तो छ ?’ भनेर जवाफ फर्काइ हाल्छन् ।
कुराकानी गर्दा यसले मानिसको आँखासँग आँखा जुधाएरै बात मार्छन् । यो कार्य गराउन यो रोबोटको टाउकोमा बाइनाकुलर आइ माउन्टेड क्यामेराहरू जडान गरिएका छन् ।
यसको छातीमा मानिसको अनुहार चिन्ने शफ्टवेयरहरू पनि जडान गरिएका छन् । यी शफ्टवेयरहरूको मद्दतले यो रोबोटले मानिससँग मजाले कुरा गर्छ सक्छन् ।
यसको जिउभरि साना साना मोटरहरू जडान गरिएका छन् जसको मद्दतले यो राबोटको हात, खुट्टा, घाँटी र औंलाहरू आरामपूर्वक चलाउन सक्छन् ।
हात खुट्टा जम्मै चलाउन सक्ने भएकोले यो रोबोटले कुनै पनि संगीत बज्दा नाच्ने र मार्शल आर्ट खेल्ने पनि गर्न सक्छन् ।
वैज्ञानिकहरूले यसलाई फस्र्ट जेनेरेशनको रोबोट भनेका छन् । यो राबोटको अनुहार लिङ्ग छुट्याउन नसकिने गरी बनाइएको छ भने रंग कालो र गोरोको बीचमा रहने गरी बनाइएको छ ।