नेपाल मृत्युदण्ड दिने कानूनको पक्षमा हुनु हुँदैन : अध्यक्ष ओली

काठमाडाैं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल जस्ताे देश मृत्युदण्ड दिने कानूनको पक्षमा जान नहुने बताउनुभएकाे छ ।

मंगलबार काठमाडौँमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनमा बाेल्नुहुँदै अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताउनुभएकाे हाे ।

‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उहाँले भन्नुभयाे, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’

फरक प्रसंगमा ‘नेपालको राजनीतिको एउटा पक्ष आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ । उल्लङ्घन गरेको मानवअधिकारको पनि कुरा गर्ने ? वाह ! तिनीहरू नै मानवअधिकारका कुरा गरेर थाक्दैनन्’, ओलीको भनाइ छ । उहाँले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि जनाउनु भएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *