लघुवित्त तथा मिटर ब्याज पीडितहरूले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं, ३० फागुन । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडित भएका देशभरका पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

माइतीघरमा देशका विभिन्न जिल्लाबाट आएका पीडितहरुले न्यायका लागि सामूहिक रुपमा प्रदर्शन गरेका हुन् ।

५० जिल्लाबाट पीडितहरू प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ । उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्नेलगायत माग राखेका छन् ।