गोरखाको आरुघाट गाउँपालिकामा कृषकलाई अनुदानमा हाते ट्याक्टर

गोरखा, १ चैत्र । गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए ।

कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको उनले बताए ।

“हामीले सार्वजनिक सूचनामार्फत आवेदनका लागि आह्वान गरेका थियाैं”, उनले भने, “आवेदन दिएका एक सय ३५ जनामध्ये छनोट गरेर ट्याक्टर वितरण गरिएको हो”, परम्परागत शैलीमा खेती गर्दै आएका कृषकको कृषि पेसालाई प्रविधिमैत्री बनाउँदै कृषिमै उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुर्याउने उद्देश्यले पालिकाले अनुदानमा ट्याक्टर वितरण गरेको अध्यक्ष गुरुङ्गले जनाए ।

“पुराना कृषि प्रविधिको माध्यमबाट मात्रै कृषि उत्पादनमा वृद्धि गर्न गाह्रो हुन्छ, गाउँपालिका अध्यक्ष गुरुङले भने, “जोत्नका लागि गोरु पाल्न छोडे, जग्गा बाँझो बस्न थाल्यो, बाँझो जमिनमा खेती गर्न कृषकलाई हौसला प्रदान गर्न ट्याक्टर वितरण गरिएको हो ।”

“हामीले निवेदन परेका कृषक वास्तविक कृषक हुन् की होइनन् पुष्टि गरेर मात्र अनुदानमा ट्याक्टर उपलब्ध गराएका हाैं”, गुरुङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *