युएईले दियो नेपाललाई ३११ रनको बिशाल लक्ष्य

काठमाडाैं, २ चैत्र । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा जितका लागि नेपाललाई युएईले ३११ रनको बिशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पार्यो ।
युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।