सकियो मतदान, उपराष्ट्रपति निर्वाचन ८२९ मत खस्यो

काठमाडाैं, ३ चैत्र । उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्का तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन् ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट साझा उम्मेदवार रामशहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् ।