देउवाले अझै पनि अभिभावकीय भूमिका खेल्नुहुन्छ भन्नेमा आशावादी छौँः डाक्टर डिला संग्रौला (अन्तर्वार्ता)
काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अहिले पनि जारी छ । उद्घाटनपछि बन्दशस्त्र पूरा गरेको नेपाली कांग्रेसको महाधिवेशनको मतदान आजबाट सुरु भएको छ ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ माबागमती प्रदेश, मतदान केन्द्र ‘ख’ खुलामञ्चमा कोशी प्रदेश तथा तराई–मधेस प्रदेशको मतदान हुँदैछ । हिमाल हलमा गण्डकी प्रदेश र तराई–मधेस हलमा मधेश प्रदेश त्यस्तै पहाड हलमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान हुँदैछ । महाधिवेशनमा सहभागी ७ हजार २ सय ५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्दैछन् ।
यहि मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ। १५ औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।
मतदान सकिएपछि मतगणना शुरू हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। यहि सिलसिलामा कांग्रेसले पहिलो पटक महिलालाई कोटा छुट्याएरै महामन्त्री पदमा अटाउने भएको छ । अन्य राजनीतिक दलले समेत गर्न नसकेको प्रयोग यो पटक कांग्रेसले गरेको छ । यसै सन्र्दभमा महामन्त्री पदका उम्मेदवार डाक्टर डिला संग्रौलासँग मैत्रिन्युजले कुराकानी गरेको छ ।
