रवी ओड र मिलन नेवारको पहरी फूल २ सार्वजनिक

काठमाडौं, ५ चैत्र । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’पहरी फूल २’ बोलको गीत सार्वजनिक भएकाे छ ।
गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।
पहरि फुल पहाडी भेगमा पाइने एकथरी फूल हाे । पहाडकी रानी फुलको सुन्दरताकाे विषयमा गीतले चर्चा गरिएकाे छ ।
आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ ।
पहरामा फुलेको पहरी फुलले जीवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताए ।
प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज खड्काको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भटटको निर्देशनमा भिडियो तयार गरिएको छ ।