इंग्लिस प्रिमियर लिग फुटबल : बराबरीमा रोकियो चेल्सी

काठमाडौं, ५ चैत्र । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनसँग २-२ गोलको बराबरी खेलेको हो । खेलको ५२ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६९ औं मिनेटमा अब्दुलाए डुकोरेले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७६ औं मिनेटमा काइ हाभर्ट्जले पेनाल्टी मार्फत गोल गर्दा चेल्सी २-१ ले अघि रह्यो ।

तर, खेलको ८९ औं मिनेटमा एलिस सिम्सले गोल गर्दै एभर्टनलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै चेल्सीले २७ खेलमा ३८ अंक जोडेको छ ।

अंक तालिकामा चेल्सी १० औं स्थानमा रहेको छ । एभर्टन २६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।