मिसन ग्रासरुटमा एमाले, तेह्रथुमका अग्नि पीडितलाई आर्थिक सहयोग

तेह्रथुम, ८ चैत । नेकपा (एमाले)ले सुरु गरेको मिसन ग्रासरुट अभियान अहिले मुलुकभरी नै सञ्चालित छ । प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्म सञ्चालित यो अभियानमा केन्द्रदेखि जिल्ला र वडातहसम्मका नेता–कार्यकर्ताको सक्रिय सहभागिता रहँदै आएको छ ।

यहि अभियान अन्र्तरगत तेह्रथुम जिल्लामा पनि अभियान वडातहसम्म सञ्चालित भएको छ । उक्त जिल्लामा केन्द्रबाट केन्द्रीय सदस्य यज्ञराज सुनुवार खटिनु भएको छ । अहिले सो जिल्लामा मिसन ग्रासरुट अन्र्तरगत विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

‘हामीले मिसन ग्रासरुट अभियान अन्र्तरगत नै आपत–विपत जहाँ, एमाले पुग्छ त्यहाँ भन्ने सन्देशसहित आगलागिबाट घर जलेर नष्ट भएका लालीगुराँस वडा नम्बर– ६का अग्निपीडित माझखर्कवासीहरुलाई मलमपट्टी स्वरुप केही रकम हस्तान्तरण गरेका छौँ,’ सुनुवारले भन्नुभयो, ‘हामीले प्रत्येकलाई रु १० हजारका दरले सहयोग गरेका छौँ । यो रकम ठूलो होइन । तर, यसले आपत–विपद्मा एमाले छ भन्ने सन्देश अवश्य दिनेछ ।’

उहाँले अहिले एमाले ग्रासरुट अभियानसहित जनताको घरदैलोमा रहेको पनि जानकारी दिनुभयो । उक्त जिल्लाका सबै पालिका र वडासम्म अभियान सञ्चालित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *