मन्त्रालय भागबन्डाकाे बैठक छाेडेर प्रधानमन्त्री भरतपुर विमानस्थलको शिलान्यासमा

काठमाडाैं, १६ चैत्र । मन्त्रालय भागबन्डाकाे बैठक छाेडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कुन मन्त्रालय कुन दलले लिने भन्ने छलफल नटुङ्गीदै भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि चितवन पुगेका हुन् ।

दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको भए पनि मा दलहरू सहमतिमा पुग्न सकेका छैनन्। प्रधानमन्त्री चितवनबाट फर्केपछि पुन: सत्ता गठबन्धन बैठक बस्नेछ। यो बैठकले कुन दलले कुन मन्त्रालय पाउने भन्ने निर्णय गर्नेछ।

कांग्रेसले अर्थ, रक्षालगायत मन्त्रालय लिने लगभग सहमति भइसकेको छ साथै कांग्रेसले स्वास्थ्य, ऊर्जालगायत मन्त्रालय पनि आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।

भौतिक पूर्वाधार, स्वास्थ्य, सहरी विकास, ऊर्जा लगायतमा एकभन्दा बढी दलले दाबी गरेकोले सहमति हुन सकिरहेको छैन।

नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक-एक मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो।

कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति भए सम्भबत आजै बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ।