पृथ्वी राजमार्गमा ग्यास ट्याङ्कर पल्टिँदा एककाे मृत्यु
चितवन, २० चैत्र । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा एकजनाकाे घटनास्थलमानै मृत्यु भएको हो । मृत्यु हुनेको नाम, थर र ठेगाना अहिलेसम्म खुलेका छैन ।
ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आज बिहान ६ बजे ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो