उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान
काठमाडाैं, २० चैत्र । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।
आयोगले आज एक सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको छ । उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ ।
आयोगको निर्णयबमोजिम चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा हुन लागेको हो ।