ओलीमा अदम्य इच्छाशक्ति, देउवा भाग्यले बनेको नेता, प्रचण्ड अवसरवादी, नेपाल क्रियाशील तर इगो पीडित
काठमाडौं, २१ चैत । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय नेताहरु मनमोहन अधिकारी र मदन भण्डारीदेखि जीवित नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापती शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मको आनीवानीबारे मैत्रिन्युजसँग परिचर्चा गर्नुभयो । उहाँका नजरमा माथि उल्लेखित नेताहरु कस्ता छन् त ? भिडियोसहित
मनमोहन अधिकारी
मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टी भन्दा पनि जेठो व्यक्ति हो । हामी पुष्पलाल, मनमोहन अधिकारीहरुको नाम सुनेर कम्युनिष्ट पार्टीमा लागेका हौँ । पछि माले र माक्र्सवादीपार्टीबिच एकता भएपछि बनेको नेकपा (एमाले)को उहाँ अध्यक्ष हुनुभयो । उहाँ अत्यन्त शालीन र भद्र मान्छे हो । प्रतिकुलतासँग पनि जुधेर अघि बढेको मान्छे पनि हो । कसैलाई भनि नबिझाउने उहाँको सादगी जीवनको अहिले पनि सम्झना हुन्छ । मनमोहनको पर्याय भनेको कम्युनिष्ट आन्दोलन हो ।
मदन भण्डारी
पुष्पलालसति सम्बन्धित रहेको मोर्चा संगठन थियो । उहाँ त्योसँग सम्बन्धित हुनुहुन्थ्यो । त्यो संगठनले मुक्तिमोर्चा प्रकाशन गर्थो । मुक्तिमोर्चाको तेस्रो अर्थात विद्रोही अंक निकालेर उहाँहरु कोर्डिनेशन केन्द्रमा समाहित हुनुभएको हो । कोर्डिनेशन केन्द्रको तेस्रो सम्मेलनको आयोजना भैरहँदा म त्यसको व्यवस्थापक थिए । विद्रोह गरेर आउनेहरुमध्ये मदन भण्डारी पनि हुनुहुन्थ्यो । म उहाँको निवास मोरङको इटहरामै पुगेर ल्याउने व्यक्ति पनि हुँ । उहाँ तेस्रो सम्मेलनबाट कोर्डिनेशन केन्द्रको केन्द्रीय सदस्य हुनुहुभयो । उहाँ पूर्वीय र माक्र्सवादी दुबैको गहन अध्ययन भएको व्यक्ति हो । उहाँ तर्कशील व्यक्ति हो । दुनियाँको सामू एक्लै उभिँन सक्ने क्षमता भएको व्यक्ति हो ।
केपी शर्मा ओली
उहाँ प्रतिकुलतासँग जुध्ने दृष्टान्त हो । निश्चित विषयहरुमा गहन अध्ययन गर्ने व्यक्ति हो । उहाँको त्यो शैली लोभलाग्दो छ । उहाँ अदम्य इच्छाशक्ति भएको व्यक्ति हो । आफ्ना तर्क राखेर कुरा गर्न सक्ने ल्याकत भएको नेता पनि हो, उहाँ । उत्कृष्ट ढंगले आफ्ना भनाई राखेर अरुलाई प्रभावित पार्न सक्ने व्यक्ति पनि हो ।
प्रचण्ड
उहाँले त्यसलाई लचकता भन्नुहुन्छ । हाम्रो चलनचल्तीको भाषामा भन्दा जता पनि ढल्किन सक्ने व्यक्ति हो । बोलिचालीको भाषामा अवसरवादको उदाहरण हो, उहाँ
झलनाथ खनाल
उहाँ आफ्ना विषयबस्तु व्यवस्थित ढंगले प्रस्तुत गर्न खोज्नुहुन्छ । तर, सारभूत कुरा हुँदैनन् । उहाँ जस्तो देखिनुहुन्छ त्यस्तो हुनुहुन्न ।
माधव नेपाल
उहाँ एकदम क्रियाशील नेता हो । तर,उहाँ १५ वर्ष पार्टीको महासचिव हुनुभयो । चुनौति र जटिलताको बिचमा एमालेले विरोधी मात्रै होइन कार्यकर्तामा पनि ‘एमाले न पोथी न भाले’ भन्ने विशेषण पायो ।ँ इगो पीडित नेताका रुपमा उहाँलाई बुझ्ुछु । केही व्यवहारिक पनि हो, उहाँ ।
शेरबहादुर देउवा
उहाँ भाग्यले बनिरहेको नेता हो ।