विमलकाे गोलले हारबाट जोगियो मछिन्द्र

काठमाडौं, २३ चैत । विमल घर्ती मगरले इन्जुरी टाइममा गरेकाे गोलले सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र हिमालयन शेर्पा क्लबसँग हारबाट जोगिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा १-१ को बराबरीमा सकिएको हो । दुवै गोल खेलको अन्त्यतिर भएको थियो ।

सत्यम शर्मा ८६औं मिनेट पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए ।
हार नजिक पुगिसकेको मछिन्द्रका लागि विमलले इन्जुरी टाइमको पाँचौ मिनेटमा रिबाउन्डलाई गोलमा परिणत गरेर खेल बराबरी गरे ।

भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले यसै खेलबाट मछिन्द्रका लागि खेल्दै ए डिभिजन लिगमा डेब्यु गरे । यससँगै मच्छिन्द्र र शेर्पा दुवैको ६ खेलमा ६ अंक भएको छ ।

अंकतालिकामा मछिन्द्र ११औं स्थानमै छ । समान खेलबाट ६ अंक नै रहेको हिमालयन १०औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *