एमालेभित्र गुटबन्दी हाेइन संगठन छ, अरु पार्टीभन्दा बढी बलियो छ : केपी ओली
काठमाडाैं, २५ चैत्र । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी भित्र गुटबन्दी हाेइन संगठन भएकाेले अरु पार्टीभन्दा बढी बलियो भएकाे बताउनुभएकाे छ ।
शनिबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले एमाले मुलुकमा अरु पार्टी भन्दा बढि बलियो, गुटबन्दी नभएर संगठन भएकाेले
व्यापक भएकाे बताउनुभएकाे हाे ।
एमालेलाई समाप्त पार्न दुनियाँनै लागेपनि पार्टीलाई जोगाएर सशक्त बनाउन योगदान दिएको भन्दै उहाँले अखिल नेपाललाई धन्यवाद पनि दिनुभयाे ।
‘आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन। त्यहाँ प्रतिपक्ष छैन। सब एकजुट छ,’ उहाँले भन्नुभयाे, ‘स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस्। एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन। संगठन एकजुट हुनुपर्दछ। योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं। यसमा तलमाथि हुँदैन।’
उहाँले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिनुभयाे साथै एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए ।