ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर, २६ चैत्र । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् ।

प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठकर दिएका थिए ।

तीव्रगतिमा आएका ट्रकका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षर्शीले बताएका छन् ।

ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुँयालले बताए ।

प्रहरीले ट्रक चालक राजवंंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएको छ ।