पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध

पिन्थली बेँसीमा लेदोसहितको पहिरो

काठमाडौँ, असोज २४ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ९ पिन्थली बेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । तर, निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन कठिनाइ भएको छ ।

वर्षाका कारण राजमार्गका अन्य स्थानमा समेत अवरोध हुनसक्ने जोखिम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ ।

सूचना अधिकारी विष्टले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र सडकको अवस्था यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *