राष्ट्रियसभाको बैठक अनिश्चित कालसम्म स्थगित

काठमाडौं, ५ वैशाख । राष्ट्रियसभाको बैठक अनिश्चित कालसम्म स्थगित भएको छ।

मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेर स्थगित गरिएकाे हो।

बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले जनाएको छ।

बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *