सकियाे तीनवटै क्षेत्रकाे मतदान, मतपेटिका राति ११ बजेभित्र मतगणनास्थल पुर्‍याइने

काठमाडाैं, १० वैशाख । बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सकेर मतपेटिकाको ढुवानी सुरू भएको छ। तीन वटै क्षेत्रको मतपेटिका जम्मा गरेर ढुवानी सुरू भएको हाे ।

मतदान बारामा ६४ प्रतिशत, चितवनमा ६३ र तनहुँमा ५३ प्रतिशत भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन वटै क्षेत्रका मतपेटिकाहरू आज बेलुकी ११ बजेभित्र मतगणनास्थलमा पुर्‍याउने तयारी छ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन सम्पन्न भएको छ। यी क्षेत्र समग्रमा करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

बारामा रहेको मतगणनास्थल शिक्षा तालिम केन्द्र कलैयामा साँझ ८ बजेभित्र, चितवनमा उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँमा जिल्ला समन्वय समिति परिसर दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने आयोगले जनाएको छ।