तनहुँ १ मा स्वर्णिमको अग्रता कायमै, कांग्रेसका भट्टराई १० हजार मतले पछि
काठमाडाैं, ११ वैशाख । तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेकाे अग्रता कायमै रहेकाे छ ।
उहाँले कांग्रेसका गोविन्द भट्टराईलाई १० हजार मतान्तरले पछिपार्दै अग्रता कायमै राख्नुभएकाे हाे । सोमबार बेलुकीसम्मकाे सार्वजनिक मत परिणाम अनुसार वाग्लेले २२ हजार ८२ मत पाउनुभएकाे छ भने नेपाली कांग्रेसका भट्टराईले १२ हजार ६४२ मत पाउनुभएकाे छ ।
त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाउनुभएकाे छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको सबै वडाकाे मत गणना भइसकेको छ ।
त्यस्तै बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ को मत गणना भएको कार्यालयले जनाएको छ ।