उपनिर्वाचनबाट निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्ने

काठमाडौं, १५ वैशाख । उपनिर्वाचनबाट निर्वाचित हुनुभएका तीन प्रतिनिधि सभा सदस्यहरूकाे आज शपथ ग्रहण हुँदैछ ।

सभामुख देवराज घिमिरेले आज साढे ११ बजे उहाँहरूलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लाग्नुभएकाे हाे ।

निर्वाचित प्रतिनिधि सभा सदस्यहरू चितवन २ बाट रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट उपेन्द्र यादवले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । साथै सभामुख घिमिरेले उहाँहरूलाई लोगो वितरण गर्नुहुनेछ ।