एसिसी प्रिमियर कप

नेपालले टस हारेर कुवेतविरुद्ध ब्याटिङ गर्दै

काठमाडाैं, १६ वैशाख । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए ।

नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यस्तै अर्को सेमिफाइनल खेल ओमान र युनाइटेड अरब इमिरेटस् (युएई) बीच भइरहेको छ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुँदै छ । युएईविरुद्धको खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।