एसीसी प्रिमियर कप : फाइनल खेलमा नेपाल-युएई भिड्दै
काठमाडौ, १८ वैशाख । एसीसी प्रिमियर कपको उपाधिका लागि आज अन्तिम खेल नेपाल र युएईबीच हुँदैछ ।
खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे हुने तालिका रहेकाे छ। आजकाे खेल वर्षाले प्रभावित हुने सक्ने सभावना रहेको छ।
तेस्रो स्थानका लागि हिजाे ओमान र कुवेतबीच खेल हुने तालिका थियो तर वर्षाले खेल प्रभावित भयो र ओमान वरीयताका आधारमा कुवेतलाई पछि पार्दै तेस्रो बन्यो।
आजकाे खेल पानीले अवरूद्ध भएमा मंगलबारलाई वैकल्पिक दिन राखिएको छ। फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइनेछ।
सुपर ओभर पनि खेल्ने अवस्था नरहे ओडीआई वरीयतामा यूएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउनेछ। नेपाल वरीयताको १४औं स्थानमा छ भने यूएई, नेपालभन्दा ५ स्थान तल छ।
उपाधि जित्ने टोलीले, एसिया कपमा सिधै भारत र पाकिस्तान रहेको समूह–ए मा स्थान बनाउनेछ।
