एसिसी प्रिमियर कप : नेपाललाई सातौं सफलता
काठमाडाैं, १८ वैशाख । एसिसी प्रिमियर कपको फाइनल खेल अहिले कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ । खेलमा नेपालले साताैं सफलता हातपारेकाे छ ।
नेपाल र युएईबीचकाे फाइनल खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले सातौं विकेट गुमाएपछि नेपाललाई सफलता हातपरेकाे हाे।
नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए। उनले युएईका आयन खानलाई ५ रनमा क्याच गराए। त्यसअघि गुल्सन झाले बसिल हमिदलाई १० रनमा आउट गर्दै नेपाललाई छैटौँ सफलता दिलाएका थिए।
युएईले २५.४ ओभरमा ७ विकेट गुमाउदा १०३ रन जोडेको छ। युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिँदा सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झाले एक एक विकेट लिइसकेका छन्।