नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख रूपैयाँ नगद पुरस्कार

काठमाडौं, २० वैशाख । एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी भएका नेपाली क्रिकेट टीमका खेलाडीलाई सरकारले जनही ६ लाख रूपैयाँ पुरकार दिने भएकाे छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयाे ।

खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरेका थिए । मन्त्रिपरिषदले १ लाख बढी पुरस्कार घोषणा गरेको हो ।

मंगलबार भएको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *