नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गर्ने
काठमाडाैं, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेछ।
नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएका मोहनबहादुर बस्नेत, धनराज गुरूङ र डिगबहादुर लिम्बुले आज शपथ लिनुहुनेछ ।
अपराह्न तीन बजे राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको छ। उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुहुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
कांग्रेस उपसभापति समेत रहेका धनराज गुरूङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, मोहन बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएकाे हाे ।